`

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

Nepal One HD २७ वैशाख २०८० १०:३१
राजनीति

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने भएको छ ।

बुधबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाइएको हो । बैठकमा सरकारमा मन्त्री पठाउनेबारे छलफल हुने छ ।

यस्तै पार्टीको विधान अधिवेशन लगायतका विषयले पनि प्रवेश पाउने नेताहरूले बताएका छन् ।


प्रतिक्रिया