`

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी प्रमुखको समेत नाम जोडिनु दुखद हो : स्वर्णिम वाग्ले

Nepal One HD १० जेठ २०८० १२:२८
राजनीति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी प्रमुखको समेत नाम जोडिनु दुखद भएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदिग्दहरुको सूचीमा प्रहरी प्रमुख समेत थपिएको आरोप छ। कानुनको लामो हातबाट कोही भाग्न सक्ने छैनन्, दण्डहीनताको निकृष्ट चुरीफुरी यो नाटक कति लम्बिन्छ हामी हेर्दैछौं।’


प्रतिक्रिया