`

माओवादी संसदीय दलको बैठक जारी

Nepal One HD १६ जेठ २०८० १५:१३
राजनीति

काठमाडौं / ​​​​​​​नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठक केहीबेर अघि सिंहदरबारमा सुरु भएको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे छलफल हुने बताइको छ । 

प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्दैछन् ।


प्रतिक्रिया