राष्ट्रपतिबाट राष्ट्रमाथि बेइमानी भयो : कमल थापा

राजनीति

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेइमानी भएको टिप्पणी गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित भएकोमा पनि थापाले प्रश्न गर्नुभएको छ।
अध्यक्ष थापाले ट्वीटरमा लेख्नुहुन्छ, ‘प्रमको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित गर्नुले प्रस्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो। राष्ट्रहित विपरीत ठहर गरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान हो। राष्ट्रप्रति बेइमानी हो।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट