`

एमालेको संगठन विभाग प्रमुखमा काशिनाथ, प्रचार विभागमा राजेन्द्र गौतम

Nepal One HD १९ जेठ २०८० १९:१४
राजनीति

काठमाडौं – नेकपा एमालेले संगठन विभाग प्रमुखमा काशिनाथ अधिकारीलाई जिम्मा दिएको छ । यसअघि खगराज अधिकारी विभााग प्रमुख रहेकोमा वागमती इन्चार्ज रहेका अधिकारीलाई संगठनको जिम्मा दिइएको हो ।

केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले प्रचार तथा प्रकाशन विभागमा राजेन्द्र गौतमलाई जिम्मा दिएको छ । यसअघि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ थिए ।

एमालेले जिल्ला इन्चार्जमा स्थायी कमिटी सदस्यलाई पठाउँने र केन्द्रीय सदस्यहरुले पालिका इन्चार्जको जिम्मेवारी लिने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया