प्रधानमन्त्री प्रचण्डले खोजे संसदमा ओली र देउवा
प्रमुख खबर
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रमुख प्रतिपक्षी दलको नेताहरुको खोजी गरेका छन् ।
सोमबार भएको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी दिने क्ममा उनले प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीको खोजी गरेका हुन् ।
उनले समान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि सत्ता र प्रचिपक्षीका नेताहरु उपस्थित हुने परम्परा रहेको बताए । उनले अघि भने, ‘प्रतिपक्षी दलको प्रमुख नेता र सत्ता गठबन्धनको नेता हुनुहुन्न । अलिकति नमिठो महसुस भएको छ ।’
उनी बोल्दाबोल्दै ओली आइपुगे र प्रचण्डले खुसी व्यक्त गरे ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने संसदमा देखिएनन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
