अर्थमन्त्रीज्यूको कसम खाने बानी रहेनछ, राम्रो लाग्यो : अध्यक्ष ओली


काठमाडौँ – प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीज्यूको कसम खाने बानी रहेनछ भन्दै प्रशंसा गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रशंसा गरेका हुन् । सोमबारको बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले करका दरबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले दिएको जवाफप्रति ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि टिप्पणी गरेका हुन् ।
‘अर्थमन्त्रीको कसम खाने बानी रहेनछ । राम्रो लाग्यो । सफाइ दिनुभयो । उहाँले भनेको कुरा नै साँचो होस्, सञ्चारमाध्यमा आएका समाचार झुटो हुन्’, ओलीको भनाइ छ ।
उनले बजेट निर्माणका क्रममा यसपटक पनि अनौठा घटना सार्वजनिक भएको भन्दै करका दर बढ्नेवाला भएपछि त्यहीबेला ११ सय गाडीहरु आउनु संयोग मात्र हुन नसक्ने बताए ।
‘करका दर बढ्नेवाला छ । त्यसैबेला ११ सय जति गाडी आए । त्यहीँ आइटम जसमा बढ्छ अनुमानका भरमा व्यपारीहरु जुवाडे त होइनन् रु’, ओलीले प्रश्न गर्दै भने, ‘व्यापारीहरु छक्का पञ्जा भन्दै परे पर्छ नपरे पर्दैन भनेर त्यस्तो त गर्दैनन् ।’
उनले पारीपटिट गाडी राखिने र करका दर बढ्दैछ भने वारी छिराउने नभए पारि नै राखिने गरेको बताए ।