राष्ट्रहित विपरीतका काम हुन नदिन संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने : सभापति लामिछाने


काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रहित विपरीतका काम हुन नदिन संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा रास्वपा अर्घाखाँची–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै लामिछानेले संसदमा आफ्नो पार्टीको २१ जना सांसद भएपनि राष्ट्रहित बिपरितका काम हुन नदिन सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न प्रयाप्त भएको बताउनुभएको हो ।
उहाँले सरकारका राम्रा कामको समर्थन गर्दै देशहित बिपरितको कार्यलाई खवरदारी गरिररहने जिकिर गर्नुभयो । लामिछानले रास्वपालाई जनताले दिएको म्याण्डेड कार्यान्वयन गर्न चौतर्फी रोक्ने काम भइरहेको बताउनुभयो । २०८४ को निर्वाचनमा रास्वपालाई जित हासिल गर्ने सहज बाटो जनताले देखाएको भएपनि त्यो बाटोसम्म पुग्नका लागि घेराबन्दी गर्ने काम भइरहेको उहाँले बताउनुभयो । सभापति लामिछानेले नागरिकता विधेयकको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदा रास्वपा नै नागरिकताको बिरोधमा रहेको भन्दै भ्रम छर्ने काम गरिएको उल्लेख गर्दै नागरिकले नागरिकता पाउनुपर्नेमा कुनै दुविधा नरहेको बताउनुभयो । त्यस्तै उहाँले आफु व्यक्तिगत काममा भारत जाँदा अनेक अर्थ लगाउने भएकाले नै परराष्ट्रमा जानकारी गराएर गएको बताउनुभयो ।
कार्यक्रममा रास्वपा सांसद डा. स्वर्णीम वाग्लेले जनताको जनजिविका लगाएत सुशासनका मुद्धामा रास्वपाले आवश्यक पहलकदमी लिने उल्लेख गर्नुभयो । उहाँले नागरिकको भरोसालाई जगेर्ना गर्दै पार्टीलाई जनताको मुद्धामा केन्द्रीत गर्ने बताउनुभयो । वाग्लेले अवसर आएको खण्डमा आगामी निर्वाचनमा यसअघिको निर्वाचन भन्दा पनि सानदार ढंगले जित निकाल्ने बताउनुभयो ।