मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए एमालेसहित सबै सांसदबाट विश्वासको मत

प्रमुख खबर

काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत पाएका छन् ।
आज मुख्यमन्त्री यादवले प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेशसभाका सबै दलको विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री यादवको पक्षमा प्रदेशसभामा उपस्थित सबै १०३ साँसदले मत दिएका छन् । प्रदेशसभामा १०७ सांसद छन् ।
प्रदेशका सबभन्दा ठूलो दल नेकपा एमालेकै समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । तर सत्ता समिकरण बदलिएपछि सरकार छाडेको एमालेले जेठ १ मा समर्थन फिर्ता लिएको थियो ।
एमालेले समर्थन फिर्ता लिएकै कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको छ । तर एमालेले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि सरकारको विपक्षमा कुनै दल नै रहेनन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट