प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

राजनीति

काठमाडौं/ प्रतिनिधिसभाा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै एमाले र रास्वपाले निर्वाचन कार्यालय खारेज गर्ने निर्णय बिरुद्ध उठेर विरोध जनाउदै अर्थमन्त्रीको जवाफ माग गरेका थिए । उनीहरुले सरकारको बजेट वक्तव्यमा निर्वाचन कार्यालय खारेज गरि प्रशासन कार्यालयमार्फत इकाइ खडा गर्ने निर्णयले लोकतन्त्रमाथि खतरा उत्पन्न हुने र निष्कक्ष रुपमा निर्वाचन सम्पन्न हुन नसक्ने भएकाले आवश्यक रुलिङको माग गरेका थिए । बैठकको सुरुमै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले यस बिषयमा अर्थमन्त्रीले सदनमा आएर सच्चाउने प्रतिवद्धता जनाउनुपर्ने बताउनुभयो ।
त्यस्तै एमालेका सांसद सुर्य थापाले निर्वाचन कार्यालय खारेजीका बिषयमा पटक पटक अर्थमन्त्रीको ध्यानाकर्षण गराएपनि सच्चाउने कुनै संकेत प्राप्त नभएको र यसलाई नसच्चाएसम्म सदन चल्न नसक्ने बताउनुभयो । उहाँले निर्वाचन आयोगलाई स्वतन्त्र रुपमा गर्ने वातावरण बनाउनुपर्ने धारणा राख्दै यस बिषयमा सभामुखले रुलिङ गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै रास्वपा सभापति रवि लामिछानेले संवदेनशील बिषयमा सरकार गम्भीर नभएकाले विरोध जनाउनुपरेको बताउनुभयो । यसमा अर्थमन्त्रीको गोलमटोल जवाफ स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
बैठकमा कांग्रेसका मुख्य सचेतक रमेश लेखकले निर्वाचन कार्यालय खारेज गर्ने बिषय सच्चाउने बिषयमा आफुहरु विश्वस्त रहेको र अर्थमन्त्रीबाट प्रतिवद्धता आउने भएकाले कार्यसूचीमा अघि बढ्न आग्रह गर्नुभएको थियो
सभामुख देवराज घिमिरेले मंगलबार नै अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको भन्दै बस्न आग्रह गर्दा पनि एमाले र रास्वपा सांसदहरुले उठेर विरोध जनाएपनि बैठक १५ मिनेटका लागि स्थगितगर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट