बागमती प्रदेशसभा बैठक आज ११ बजे बस्ने

राजनीति

काठमाडाैँ – बागमती प्रदेशसभाको आइतबार साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भई आज बिहान ११ बजे बस्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले आइतबार साँझ बस्ने भनिएको बैठक आजको लागि सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरूसँग वार्तालाप गरी सहमति गरी विवाद टुङ्ग्याउने सम्भावना रहेकोले बैठक नियमित रूपमा सञ्चालन हुने बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट