`

एमाले संसदीय दलको बैठक सुरु

Nepal One HD २० असार २०८० १४:५४
राजनीति

काठमाडौँ / नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ।

बुधबार प्रतिनिधिसभाको बैठक बस्नुअघि एमाले संसदीय दलको बैठक बसेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक/पटक दिल्ली गएको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउँदै बैठक बोलाएको हो। सो अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक बोलाएको एमालेले जनाएको छ ।


प्रतिक्रिया