`

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

Nepal One HD २८ असार २०८० ८:१३
राजनीति

काठमाडौँ – राष्ट्रियसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा राष्ट्रियसभा बैठक बस्नेछ । बैठक बिहान १०ः०० बजे बस्नेछ । बुधवार स्थगित भएको बैठक आज बस्न लागेको हो ।

सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुदैँछ ।

जसअनुसार आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्य तालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गर्नुभएको कार्य तालिकामा उल्लेख छ ।


प्रतिक्रिया