`

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Nepal One HD २९ असार २०८० ८:३४
प्रमुख खबर

​​​​​​​काठमाडौँ – प्रतिनिधिसभा बैठक बस्दै छ ।  सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बैठक बस्नेछ । बैठक १ः०० बजे बोलाइएको छ । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखिएको छ ।  

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने कार्यसूची रहेको छ । 


प्रतिक्रिया