`

अन्तर्राष्ट्रिय राजनीतिमा बिपीको योगदान अतुलनीय : नेता डा खड्का

Nepal One HD २५ भदौ २०८० २०:५८
राजनीति

नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताउनुभएको छ ।

कांग्रेसले बिपीको ११०औँ जन्मदिनको अवसरमा आइतबारदेखि सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’ को दोस्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ विषयमा छलफल भएको थियो ।

सो विषयमा मन्तव्य राख्दैकांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा नारायण खड्काले बिपीको व्यक्तित्व अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च र सम्मानित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजा महेन्द्रले बिपीलाई अपदस्थ गरेपछि संयुक्त राष्ट्रसङ्घको महासभामा जाँदा संयुक्त राज्य अमेरिकामा ९३ जना नेबेल पुरस्कार विजेताले विरोध गरेको घटना ऐतिहासिक थियो ।”

उहाँले चीनका राष्ट्रपति माओत्से तुङसँगको वार्ता, चीनका प्रधानमन्त्रीसँग सगरमाथा नेपालको हो भनेर दाबी पेश गर्ने बिपीले मुस्ताङमा नेपाली नागरिक मारिँदा माफी मगाई क्षतिपूर्ति गराएको घटना कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया