`

प्राध्यापकको छोरीलाई पास गराउन उत्तरपुस्तिका साटफेर, विद्यार्थी आन्दोलनमा

Nepal One HD ३ असोज २०८० १८:०३
विज्ञान-प्रविधि

मोरङ– विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसकी एक जना विद्यार्थीको उत्तरपुस्तिका साटफेर गरिएको विरोधमा विद्यार्थी आन्दोलित बनेका छन् ।

विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विरोध प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालयले भने असोज १ गते देखि विरोध प्रदर्शनमा रोक लगाउदै निषेधाज्ञा जारी गरेको भएपनि सोही कार्यालय अगाडि नै विद्यार्थीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रशासनले विद्यार्थीलाई वार्तामा आउन आह्रवान गरेपनि उनीहरुले त्यसलाई अस्वीकार गरी विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रद्धर्शनका क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीचपटक–पटक झडप समेत भएको छ । २०७८ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्राध्यापक राजन दत्तले आफ्नो छोरीलाई पास गराउन अर्की विद्यार्थी सन्ध्या कायस्थको थप कपी साटफेर गरेको घटना सार्वजनिक भएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । परिक्षा गार्ड रहेका दत्तले उत्तर पुस्तिकाको थप कपी साटफेर गरेको घटना बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र यो कदम नसचिए सम्म आन्दोलन गरिरहने चेतावनी दिएका छन् । आन्दोलनका क्रममा विद्यार्थीले परिक्षा नियन्त्रण कार्यालयको सवारी साधन समेत जलाईदिएका छन् ।


प्रतिक्रिया