इजरायलको बंकरमा बसेका विद्यार्थीसँग प्रधानमन्त्री दाहालको संवाद
प्रमुख खबर
काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग संवाद गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्येका विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट सम्वाद गरी त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।
संवादका क्रममा बिपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्दार गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले यसमा आफूले निरन्तर अपडेट लिइरहेको र नेपालमा मन्त्रिपरिषदेखि सर्वदलीय बैठक समेत बोलाएको बताएका थिए । आफुहरु सबैले त्यसको लागि तयारी गरिरहेका उनको जवाफ छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
