`

देश बचाउनुपर्छ भन्दा दुर्व्यवहार, एमालेसंग खेल सुरु भयो

Nepal One HD २३ असोज २०८० १२:००
अर्थ समाचार

काठमाडौ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश बचाउनुपर्छ, देशका नागरिक बचाउनुपर्छ भन्ने आफ्नो अभियानसंग एमाले तर्सिएको आरोप लगाएका छन् । हिजो एक कार्यक्रममा सहभागी भएर बाहिरिँदै गर्दा युवासंघका कार्यकर्ताले उनीमाथि दुर्व्यवहार गरेपछि उनले आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरी एमालेप्रति आक्रमक बनेका हुन् । मुख्यगरी एमाले युवा नेता महेश बस्नेतमाथि खनिएका प्रसाइँले बस्नेत आफूसँग र आफ्नो अभियानसंग डराएको बताए ।

देश बचाउनुपर्छ भन्दा आफूमाथि दुर्व्यवहार भएको भन्दै उनले एमालेसँग खेल सुरु भएको बताए । आफुले नागरिक बचाउ, देश युवाविहीन भयो, जनताले दुःख पाए भन्दा दुर्व्यवहार भएको भन्दै उनले एमाले कसको पार्टी हो भन्ने स्पष्ट भएको पनि बताए । पत्रकार सम्मेलनमा मेडिकल व्यवसायी प्रसाइँले गरिबको आवाज उठाउँदा आफुमाथि आक्रमण भएको र यसको जवाफ जनताले फर्काउँने तर्क गरे ।

पत्रकारसंग उनले भने ‘केपी ओली हजुरबा भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठमा धेरै राजनीतिक चरित्र देखें । ‘हजुर बुबामा राजनीतिक चरित्र देखिएन, बरु प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखियो’। प्रसाईंले अहिलेको व्यवस्था नै परिवर्तन गर्नुपर्ने भन्दै यही अवस्था रहे मुलुकमा लास उठाउने मान्छे समेत नहुने ठोकुवा गरे ।


प्रतिक्रिया