`

प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्केको नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत

Nepal One HD ९ कार्तिक २०८० ९:१६
खेलकुद

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर नेपाली  किक्रेट टोली स्वदेश फर्केको छ । मंगलबार भएको खेलमाटस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भएको थियो ।

कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै फाइनलमा जित हासिल गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेको छ । उनीहरुलाई विमानस्थलमा क्यानका पदाधिकारीहरुले फुलमाला खादाले स्वागत गरेका थिए ।


प्रतिक्रिया