त्रिकोणात्मक टी–२० क्रिकेट, नेपालद्वारा युएइलाई १६३ रनको लक्ष्य


काठमाडौ– त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन बनाएको हो ।
नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले अर्धसतक प्रहार गरेका थिए । भुर्तेलले २८ बलमा अर्धसतक पूरा गर्दै आउट भएका हुन् । करण केसीले २१, दीपेन्द्रसिंह ऐरीले २० र कप्तान रोहित पौडेलले १८ रन बनाए । आसिफ शेख ७ र कुशल मल्ल १ रन बनाएर आउट भए । पहिलो विकेटको रुपमा नेपालले ४३ रनमा आसिफ शेखलाई गुमाएको थियो ।
दोस्रो विकेटको रुपमा ६३ रन कुशल मल्ल र तेस्रो विकेटको रुपमा ६८ रनमा कुशल भुर्तेललाई गुमाएको थियो । करण २१ र अभिनास बोहोरा शुन्य रनमा नटआउट रहे । युएईका लागि स्पिनर आयन खानले ३, अली नसिर र जहुर खानले समान २ विकेट लिए । यूएईका युवा स्पिनर अयान अफजल खानले घातक बलिङ गर्दै ३ विकेट लिएपछि नेपाल ठूलो स्कोर बनाउनबाट चुकेको हो ।