आईसीसी टी–२० विश्व कप छनोट, नेपाल र मलेसियाबीच प्रतिष्पर्धा हुँदै

खेलकुद

काठमाडौ–आईसीसी टी–२० विश्व कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले मलेसियासँग प्रतिष्पर्धा गर्दैछ ।
दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रतियोगिता हुन लागेको हो । त्यसअघि आजै कीर्तिपुरमा ओमान र सिङ्गापुरबीच खेल भइरहेको छ । पहिलो खेलमा नेपालले हिजो सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो ।
यस्तै, मूलपानी क्रिकेट मै बहराइन र हङकङ खेल्दैछन् भने दिउँसो साढे १ बजे कुवेत र यूएईबीच प्रतिष्पर्धा हुँदैछ ।
नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट