राष्ट्रियसभाको रिक्त हुने सदस्य पदकाे निर्वाचन गराउने तयारीमा आयोग,माघमा गर्ने प्रस्ताव

निर्वाचन विषेश

काठमाडौ– निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनाव आगामी माघ १०, ११ वा १२ गते गर्ने गरी तयारी अगाडि बढाएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले
राष्ट्रिय सभामा फागुन २० गते रिक्त हुने १९ पदका लागि माघ १०, ११ वा १२ मा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाइएको जानकारी दिएका हुन् ।
यद्यपी, निर्वाचन मितिबारे सरकारसँग परामर्श भइरहेको उनले बताए । राष्ट्रिय सभा सदस्यहरुको पद रिक्त हुनु एक महिना अघि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभाका एक तिहाइ सदस्य हरेक दुई–दुई वर्षमा रिक्त हुने गर्दछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट