`

बागमतीलाई हराउँदै आर्मी केपी ओली कप टी-२० क्रिकेटको फाइनलमा

Nepal One HD १४ मंसिर २०८० १२:३३
खेलकुद

काठमाडौं । जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटमा बागमती प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मीले फाइनलमा स्थान बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ७ विकेटको क्षतिमा १२८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउदैँ आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको छ।

आर्मीका लागि भीम सार्कीले उत्कृष्ट इनिङ खेले । उनले ३५ बलमा ३९ रन जोडे । सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे ।

कुशल मल्लले ८ बलमा २७ रन जोडे । विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ र रोहित पौडेल शून्य रनमा आउट भए । बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले १-१ विकेट लिए ।

पहिला ब्याटिङ गरेको बागमतीले प्रतिक श्रेष्ठको अर्धशतक मद्दतमा १२७ रन बनाएको थियो ।


प्रतिक्रिया