`

नेपाल सुपर लिगमा धनगढी र ललितपुरले अंक बाँडे

Nepal One HD १६ मंसिर २०८० २१:२५
खेलकुद

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोल रहित बराबरी खेलेका छन् । शनिबार दशरथ रङ्गशालामा धनगढी र ललितपुरले गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

बराबरीको नतिजा पछि धनगढी लिगको शीर्ष स्थानमा यथावत छ । धनगढीले ३ खेलबाट ७ अङ्क जोडेको छ । दोस्रो स्थानको ललितपुरको २ खेलबाट ५ अङ्क छ । दुवै टिमले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बनेका छन् ।

उनले ३० हजार रुपैयाँ पाएका छन् । एनएसएलको तेस्रो खेलसम्म आउँदा दुवै टिम अपराजित छन् । दुई खेल जितेको धनगढीको यो पहिलो बराबरी खेल हो ।

ललितपुरले भने पहिलो खेल जितेको थियो तर त्यसपछिका दुई खेल भने उसले बराबरी खेलेको छ । आज शनिवारको खेलपछि धनगढी ७ अङ्कका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया