`

एसिया कप खेल्ने यू–१९ क्रिकेट टिमको बिदाई

Nepal One HD १९ मंसिर २०८० १६:५२
खेलकुद

काठमाडौँ / यू–१९ एसिया कप क्रिकेट खेल्न जाने राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगाएत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बिदाई गरेका हुन् । कार्यक्रममा मन्त्री लिम्वुले टिम कप्तान देव खनाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो । विदाई कार्यक्रमपछि अलराउन्डर गुलशन झाले एसिया कपमा टेस्ट टोलीलाई हराउने ठूलो अवसर रहेको र आफु उत्साहित रहेको बताउनुभयो । उहाँले नेपालको समग्र क्रिकेटले राम्रो प्रदर्शन गरिरहेको अवस्थामा आफुहरुको लक्ष्य जितमा हुने धारणा राखनुभयो ।

त्यस्तै कप्तान देव खनालले तयारी राम्रो रहेको उल्लेख गर्दै सक्दो नतिजाका लागि कोशिश गर्ने बताउनुभयो । उहाँले सम्पूर्ण टिम खेलका लागि उत्साहित रहेको र राम्रो नजिता आउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले प्रतियोगीताका लागि टिमले राम्रो तयारी गरेको बताउनुभयो । आफ्नो समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहनु चूनौति भएपनि राम्रो खेल खेलेर जित हासिल गर्ने उहाँले बताउनुभयो ।

नेपाली टिम बुधबार यूएई प्रस्थान गर्नेछ । आगामी शुक्रबारदेखि पुस १ गतेसम्म यूएईमा चल्ने प्रतियोगितामा नेपाल समूह ए मा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् । समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् । नेपालले मलेसियामा सम्पन्न एसिसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो ।


प्रतिक्रिया