`

पुरुष फुटबल : ललितपुर सिटी एफसीलाई पराजित गर्दै इलाम विजयी

Nepal One HD ३ पुष २०८० १७:५८
खेलकुद

काठमाडौँ, ३ पुस : नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

इलामका लागि खेलको ५९औँ मिनेटमा फोडे कमराले गरेको एक गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगितामा ललितपुरको यो पहिलो हार हो । यस हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । सात खेल खेलेको ललितपुर १० अङ्कसहित तेस्रो स्थानमा छ । यस जितसँगै इलाम आठ खेलबाट ८ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया