`

इन्डोनेसियामा रेल ठोक्किँदा ४ जनाको मृत्यु, ३७ घाइते

Nepal One HD २० पुष २०८० २०:५७
विश्व

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शुक्रबार बिहान दुईवटा रेल एकापसमा ठोक्किँदा चार जनाको मृत्यु हुनाका साथै अन्य ३७ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम अन्टाराका अनुसार मारिनेहरूमा रेल चालक दलका चार जना सदस्य, एक जना चालक, एक जना सहायक चालक, एक जना भण्डारी र एक जना सुरक्षा अधिकारी रहेका छन्।

दुईवटा रेलका कुल ४७८ यात्रु दुर्घटनाबाट जोगिएका छन् । घाइतेहरूलाई तुरुन्तै अस्पताल लगिएको सिकालेङ्का जनरल अस्पतालका निर्देशक अक्माद हानापीले पत्रकारहरूलाई जनाकारी दिनु भएको छ ।

घाइते मध्ये २१ जनालाई सामान्य चोटपटक लागेको छ । इन्डोनेसियाको यातायात सुरक्षा समितिले घटनाको अनुसन्धान गर्नेछ ।


प्रतिक्रिया