चलचित्र ‘रङ्गेली’ को टिजर सार्वजनिक

मनोरञ्जन

काठमाडौँ । चलचित्र ‘रङ्गेली’ को टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई, अर्पण थापा र मिरुना मगरको मूख्य भूमिका रहेको यस चलचित्रको टिजरमा यी सबैलाई फरक अवतारमा देखाइएको छ । टिजरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई दुस्मनका रूपमा चित्रण गरिएको छ भने मिरुनालाई शान्त स्वभाव भएकी थारू युवतीका रूपमा देखाइएको छ ।
अर्जुन सुवेदीले निर्देशन गरेको यस चलचित्र फागुन २५ गते महाशिवरात्रिको दिन प्रदर्शनमा आउने भएको छ । चलचित्रमा अर्पण, दयाहाङ, मिरुनासहित प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट