यस्तो छ ‘हात्तीछाप’को ट्रेलर

मनोरञ्जन

काठमाडौं । नेपाली चलचित्र ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल युट्युब च्यानलबाट बुधबार ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राईलगायत कलाकारको अभिनय छ ।
सिमोस सुनुवारले निर्देशन गरेको फिल्म माघ २६ गते प्रदर्शन हुनेछ। प्रदीप भारद्धाजको लेखन रहेको फिल्म सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफीमा बनेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट