पूर्वी रुवाण्डामा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु, ४ जना बेपत्ता

विश्व

पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रबार साँझ डुङ्गा दुर्घटना भएको हो । किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली काटेर रवामागाना जिल्ला जाँदै गर्दा डुङ्गा पल्टिएको बताइएको छ ।
“जहाजमा ४६ जना यात्रु रहेको बुझएको थिए । शनिबार बिहानसम्म ११ जनाको शव निकालिएको छ भने ३१ जनाको उद्धार गरिएको जिल्लाका मेयर रदजब म्बोन्युमुवुनीले पत्रकारहरूलाई जनाकारी दिएका छन् ।
अझै चार जनाको खोजी जारी छ,” एमबोन्युमुवुनीले दुर्घटनाको कारण ओभरलोड भएको बुझिएको छ।किसानहरू बाली स्यारेर फर्किएकाले डुङ्गामा मकै, सिमीलगायतका कृषि उपजको भारी रहेको उनले बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट