मृत सागर म्याराथनमा छ हजार ६०० धावक दौडमा


पृथ्वीको सबैभन्दा तल्लो स्थान भनेर चिनिने दक्षिणपूर्वी इजरायलको नुनिलो तालको दक्षिणी किनारमा शुक्रबार आयोजित मृत सागर म्याराथन प्रतियोगितामा छ हजार ६०० खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन् ।
तामार क्षेत्रीय परिषद्ले आयोजना गरेको म्याराथनमा इजरायल र जोर्डन बीचको सीमानाको किनारमा तालको केन्द्रतर्फको खण्ड दटडका लागि खिला गरिएको थियो । सामान्यतया सुरक्षा बल र अधिकृत कर्मचारीको पहुचमा सीमित यो खण्ड वर्षको एक पटक मात्र म्याराथनको दिनमा सर्वसाधारणका लागि खुला गरिन्छ ।
पुरुषतर्फको म्याराथनमा इजरायलको प्रतिनिधित्व गर्ने हागाई कोहेन–श्लोमोले दुई घण्टा ४१ मिनेट २६ सेकेण्डको समय पूरा गरी प्रथम भएका छन् भने महिला म्याराथनमा इजरायलकी लिज शापिरोले ३ मा दौड पूरा गर्दै विजयी भइन् । कार्यक्रममा हाफ म्याराथन, ५० किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौडलगायत अन्य दौड विधाहरू पनि समावेश थिए ।