नेपाललाई १८५ रनको लक्ष्य

खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले १८५ रनको लक्ष्य पाएको छ । नेपालले नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गरेको थियो । नेदरल्याण्डस्ले निर्धारित ओभरमा ४ विकेट गुमाएर १८४ रन जोडेको हो । नेदरल्याण्डसका लागि मिचेल लिभेटले सबैभन्दा धेरै ५४ रन जोडेका थिए । नेपालका लागि करन केसी र कुशल मल्लले समान एक रन जोडेका थिए ।
पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट