`

साफ यु–१६ महिला फुटबल प्रतियोगिता भोलिदेखि, तयारी पुरा

Nepal One HD १७ फागुन २०८० १८:१३
खेलकुद

काठमाडौ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले फागुन १८ गतदेखि सुरु हुने साफ यु–१६ को महिला फुटबल प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले एक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार फाल्गुन १८ देखि २७ सम्म हुने साफ यु–१६ को महिला फुटबल प्रतियोगीताको तयारी पुरा भएको जनाएको हो । प्रतियोगीताका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय यु–१६ महिला टोली प्रशिक्षक चक्र तामाङको प्रशिक्षणमा रहेको छ भने प्रतियोगीतामा सहभागी हुन भारत, भुटान र वंगलादेशको टीम नेपाल आइसकेको छ ।

प्रतियोगीताको टिकट दर साधारण पाराफिटतर्फ एक सय र भिआइपी पाराफिटतर्फ तीन सय रुपैयाँ कायम गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । प्रतियोगीताको अनुमानित बजेट दुई करोड १२ लाख २० हजार रुपैयाँ रहेको छ ।

नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्ने छ । लिग चरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ । शीर्ष दुई टोलीले उपाधीका लागि प्रतिष्पर्धा गर्ने एन्फाले जनाएको छ । खेलहरु एन्फा कम्प्लेक्स सातदोवाटोमा हुनेछन् ।


प्रतिक्रिया