`

त्रिकोणात्मक टी–२० आई सिरिज, टस हारेर नेपाल फिल्डिङमा

Nepal One HD १९ फागुन २०८० ११:३२
खेलकुद

काठमाडौ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तरगत नेपाल र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्याण्डसले टस जितेर व्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।
आजको खेलमा कुशल भुर्तेल मैदान फर्किएका छन् । अनिल शाह भने आजको खेलमा बाहिर छन् ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको नेपालले आजको खेलमा विजयी भएमा ४ अंक हुनेछ ।
त्यसैले पनि शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ ।


प्रतिक्रिया