राष्ट्रियसभाको अध्यक्षका लागि गठबन्धनबाट दाहाल र कांग्रेसबाट शर्माको उम्मेदवारी दर्ता
प्रमुख खबर
काठमाडौं । राष्ट्रियसभाको अध्यक्षका लागि दुईजनाको उमेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।
दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामी तथा समर्थकमा नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टीका मोहम्मद खालिद रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेस सांसद आनन्द ढुंगाना र समर्थकमा किरणबाबु श्रेष्ठ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शेखर कुमार सिंह समर्थक रहेका छन् । राष्ट्रियसभाको अध्यक्षमा उमेदवारी दर्ताका लागि आज दिउँसो १ बजेसम्मको समय तोकिएको छ । अध्यक्षको निर्वाचन मंगलबार हुँदै छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
