नेपालले पायो १२२ रनको विजयी लक्ष्य

खेलकुद

काठमाडौ । पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीमले नेपाललाई १२२ रनको विजयी लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर १२१ रन मात्रै जोडेको हो ।
आयरल्यान्डका स्टेफन डोहेनीले सबैभन्दा धेरै ४६ रन बनाए । टम मेयस र लियाम मकार्थीले १६–१६ रन बनाउँदा फिओन ह्यान्डले ११ रनको योगदान दिए । नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुई/दुई विकेट लिए । करण केसी र कुशल मल्लले भने एक/एक विकेट लिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट