कर्णाली चिसापानी पुलबाट १७ युवाले पालैपालो हामफालेपछि…

समाचार

सुदूरपश्चिम । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार दिउँसो चिसापानीका एक युवक बेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार १७ जनाले पुलबाट हाम फालेका थिए घटनालगत्तै डुंगाबाट उनको खोजीकार्य गरिए पनि फेला नपरेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदम विष्टले जानकारी दिए।
सेनाको गोताखोर पठाइएको भए पनि राति परेकाले खोजी हुन नसकेको र मंगलबार बिहानैदेखि खोजी हुने उनको भनाइ छ । । उनीहरुले नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन ।
https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Findu.kc.35%2Fvideos%2F708686431342469%2F&show_text=false&width=267&t=0
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट