आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले टस जितेर फिल्डिङ रोज्यो

खेलकुद

काठमाडौ । नेपाल ‘ए’ ले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध फिल्डिङ गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा भएको टसमा नेपालले जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।
विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरी आजका लागि तय गरेको हो ।
नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल भने चैत २१, चैत २३ र चैत २५ गते हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट