आयरल्याण्ड ‘ए’ माथि नेपाल ‘ए’को सकसपूर्ण जित


काठमाडौ । नेपाल ‘ए’ ले तेस्रो टी–२० खेलमा आयरल्यान्ड ‘ए’ माथि ३ रनको सकसपूर्ण जित हात पारेको छ । तीन खेलको सिरिजमा नेपाल पहिलो दुई खेलमा भने पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएको थियो ।
२१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको हो । आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भए ।
नेपालको जितमा विपिन खत्रीले ३ विकेट लिए । नारायण जोशी, कमलसिंह ऐरी र राशिद खानले १/१ विकेट लिए । नेपालले सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित भई सिरिज गुमाई सकेको थियो । अब आयरल्यान्ड ए र नेपाल ए बीच अव एकदिवसीय सिरिज हुनेछ । पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।