`

माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

Nepal One HD २० चैत २०८० १६:००
समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंको टोलीले खामलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो । खामलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ ।


प्रतिक्रिया