`

पेरिस ओलम्पिकमा नयाँ टिकट जारी

Nepal One HD २९ चैत २०८० ९:५५
खेलकुद

खेल प्रशंसकहरूले आगामी साता पेरिस ओलम्पिकका लागि टिकट खरिद गर्नका लागि नयाँ मौका पाउने भएका छन् । मुख्य आयोजक टोनी एस्टान्गुएटले अर्को दुई लाख ५० हजार थान टिकट जारी गर्ने बुधबार बताउनुभयो ।

“आगामी साता अप्रिल १७ को बिहान १० बजे हामी सबै खेल, सबै मूल्य श्रेणी र सबै प्रतियोगिता स्थलका लागि दुई लाख ५० हजार नयाँ टिकट बिक्रीका लागि राख्नेछौँ”, उहाँले पत्रकारहरूसँग भन्नुभयो ।

यसअघिको टिकट जारीका क्रममा उच्च मूल्यको आलोचना भएपछि उहाँले तीमध्ये आधालाई एक सय युरो (एक सय आठ अमेरिकी डलर) भन्दा कममा बिक्री गरिने बताउनुभयो ।

जिम्नास्टिकका लागि कूल १० हजार टिकट उपलब्ध गराइने छ । पौडीका लागि १५ हजार, टेनिसका लागि १२ हजार र बिच भलिबलका लागि ३५ हजार टिकट जारी गरिने छ । यी खेलहरू एफिल टावर अगाडिको अस्थायी रङ्गशालामा खेलाइने छ ।

अधिकांश टिकट समग्रमा ७९ लाख टिकट पहिला नै बिक्री भइसकेकाले एस्टान्गुएटले चेतावनी दिँदै भन्नुभयो, “तपाईं छिटो हुनुपर्छ ।” आयोजक समितिका अनुसार यसअघिका खरिदकर्ताहरूमा दुई तिहाई फ्रान्सेली थिए तर एक सय ५० विभिन्न मुलुकका मानिसले पनि टिकट सुरक्षित गरेका छन् ।

पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म सञ्चालन हुनेछ । यसपछि अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पाराओलम्पिक हुनेछ ।


प्रतिक्रिया