`

आवास सङ्कट समाधान गर्ने योजनामा क्यानाडा

Nepal One HD १ वैशाख २०८१ १८:१९
विश्व

क्यानाडा सरकारले राष्ट्रिय आवास सङ्कट समाधान गर्न आफ्नो नयाँ दृष्टिकोणसहितको योजनाको घोषणा गरेको छ ।

यस योजनाले क्यानडा ‘मोर्टगेज एण्ड हाउजिङ कर्पोरेसन’ को प्रक्षेपणमा सन् २०३१ सम्ममा ३८ लाख ७० घरहरू आवासका लागि तयार गर्ने महत्वाकाङ्क्षी रणनीति तय गरेको छ । यो योजनामा २० लाख नयाँ घर निर्माण गर्ने लक्ष्य समावेश छ ।

सरकारले सन् २०२३ र सन् २०२४ मा लिइएको उद्देश्य अनुप १२ लाख नयाँ घरहरू निर्माणमा सहयोग गर्ने र सन् २०३१ सम्ममा कम्तिमा आठ लाख थप घरहरू निर्माण गर्ने प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ योजनाअनुसार आवासलाई किफायती बनाउने प्रतिबद्धता गरिएको छ । यसले कुनै पनि कडा परिश्रम गर्ने क्यानाडालीले आफ्नो आम्दानीको ३० प्रतिशतभन्दा बढी आवास खर्चमा खर्च गर्नुपर्दैन ।“कुनै पनि नागरिकले बस्नको लागि सुरक्षित ठाउँ छैन भन्ने चिन्ता गर्नुपर्ने अवस्था आउनु ठीक होइन,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्यानाडालीले नागरिकमा अहिले सबैभन्दा ठूलो तनाव आवासको रहेको र परिवारलाई बस्नको लागि राम्रो ठाउँ पाउन गाह्रो भइरहेको छ । घरहरू बनाउनको लागि धेरै उच्च लागत रहेको र परियोजनाहरू पूरा गर्न धेरै लामो समय लाग्ने अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया