अमेरिकाले इजरायललाई दिएको सैन्य सहयोग गाजामा थप तनावको सङ्केत : हमास


गाजा, ९ वैशाख -अमेरिकी प्रतिनिधि सभाले इजरायललाई अर्बौं डलरको नयाँ सैन्य सहायता स्वीकृत गरेपछि प्यालेस्टिनी लडाकू समूह हमासले आइतबार यसको विरोध गरेको छ ।हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने यो समर्थन इजरायली अतिवादी सरकार (इजरायल) का लागि हाम्रा जनताविरुद्ध क्रूर आक्रमण जारी राख्न अनुमति वा ‘हरियो बत्ती’ हो ।
वित्रप्तिमा भनिएको छ, “हामी यो कदमलाई गाजा पट्टीमा हाम्रा प्यालेस्टिनी जनताविरुद्ध इजरायली सेनाले चलाएको विनाशकारी युद्धमा आधिकारिक अमेरिकी संलग्नता र साझेदारीको पुष्टिको रूपमा लिन्छौं ।”बार अमेरिकी प्रतिनिधि सभाले गाजामा हमासविरुद्धको युद्धमा अमेरिकाको ऐतिहासिक सहयोगी इजरायललाई १३ अर्ब अमेरिकी डलरको सैन्य सहायता स्वीकृत गरेको थियो ।वासिङ्टन इजरायलको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘बहुप्रशंसित सहायता विधेयक’ले इजरायलप्रति बलियो समर्थन देखाएको र यसले ‘पश्चिमी सभ्यताको रक्षा गरेको’ बताउनुभएको छ ।
अमेरिकी विधेयकमा गाजा र विश्वका अन्य जोखिममा रहेका जनसङ्ख्याका लागि मानवीय सहायताको नितान्त आवश्यकतालाई सम्बोधन गर्न नौ अर्ब डलरभन्दा बढी रकम विनियोजन गरिने उल्लेख छ ।