`

टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

Nepal One HD २१ वैशाख २०८१ २२:३७
खेलकुद

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेल्न जाने टोलीको बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलगायतको उपस्थित रहेको थियो । बिदाइ कार्यक्रममा क्रिकेटर सन्दीप लामिछाने पनि सहभागी रहेका थिए ।

नेपाली टोलीमा कप्तानी रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी रहेका छन् ।

त्यस्तै, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी टोलीमा छन् । टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।


प्रतिक्रिया