`

फ्रान्सेली प्रधानमन्त्री अट्टलले म्याक्रोँको चुनावी अभियानको नेतृत्व गर्ने

Nepal One HD ३० जेठ २०८१ १५:३६
विश्व

फ्रान्सका प्रधानमन्त्री इम्यानुएल म्याक्रोँले मध्यावधि निर्वाचनको आह्वान गरेपछि प्रधानमन्त्री गेब्रियल अट्टलको शङ्कास्पद मौनता तोडिएको छ । अनुभवको कमीको बावजुद, अट्टलले आफ्नो नियुक्तिपछि आफूलाई राष्ट्रपतिको एक प्राकृतिक संचारकर्ताको रूपमा देखाएका छन् ।

केही हदसम्म म्याक्रोँँकोे सम्भावित उत्तराधिकारीको रूपमा पनि हेरिएको छ । पैँतीस वर्षीय अट्टल फ्रान्सका सबैभन्दा कान्छा प्रधानमन्त्री हुन् ।

उनले यो अभियानप्रति पूर्ण प्रतिबद्धता जनाए पनि यदि म्याक्रोँको प्रधानमन्त्री परिवर्तन गर्ने निर्णय आएमा उहाँ सबैभन्दा कम सेवा गर्ने प्रधानमन्त्रीमध्ये एक हुनेछन् ।

युरोपेली चुनावमा अति दक्षिणपन्थी गठबन्धनसँग म्याक्रोँको पार्टी पराजित भएपछि सुरुमा लड्ने कुनै इच्छा नभएको बताइए पनि राष्ट्रपति म्याक्रोँलाई फ्रान्सेली विधायिका निर्वाचन अभियान चलाउनुपरेको छ ।

सामान्यतया फ्रान्सेली सञ्चारमाध्यममा सर्वव्यापी रहेका अट्टल सोमबार निर्वाचनको घोषणापछि एयरवेभमा स्पष्ट रूपमा अनुपस्थित थिए ।

म्याक्रोँले आइतबार टेलिभिजनमा सम्बोधन गर्दै निर्वाचनलाई स्तब्ध पार्ने कदमको संज्ञा दिँदा अट्टलले कुनै टिप्पणी गरेनन् ।
उनले म्याक्रोँको एक्समा गरेको सम्बोधनई पुनः पोष्ट मात्र गर्नुभयो भने ब्रिफिङका लागि माटिग्नोन प्रधानमन्त्रीको निवासमा राखिएको लेक्चर कहिल्यै प्रयोगमा आएन ।

युरोपेली चुनावको परिप्रेक्षमा मध्यावधि चुनावको सम्भावनाको बारेमा प्रारम्भिक छलफलबाट टाढा रहेका अट्टलले म्याक्रोँलाई ‘खतरनाक’ जोखिमको बारेमा चेतावनी दिएका थिए । अट्टललाई निर्णयबारे अन्तमा सूचित गरिएको थियो ।

आइतबार साँझ एलीसी प्यालेसमा सत्तारुढ दलका नेतासँग भएको भेटमा अट्टलले आफू सरकारबाट राजीनामा दिन तयार रहेको तर राष्ट्रपतिको निर्णयलाई समर्थन गरेको बताउनुभएको एक सहभागीले बताए ।

प्रसारणकर्ता बीएफएमटिभीका अनुसार उनले म्याक्रोँलाई राजीनामा दिएर संसद विघटन गर्नबाट रोक्न प्रयास गरेका थिए तर उनको प्रयास सफल हुन सकेन ।

सत्तासीन दलका प्रमुख भ्यालेरी हायरलाई उछिन्न खोजेको आरोप खेपिरहेका अट्टलले युरोपेली चुनावी अभियानमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

नेता जोर्डन बार्डेलासँग भएको बहसमा उहाँलाई व्यापक रूपमा पछ्याइएको थियो ।


प्रतिक्रिया