कुवेतमा कामदार बस्ने भवनमा आगलागी हुँदा कम्तीमा ४१ को मृत्यु

विश्व

काठमाडौं । कुवेतको मङ्गाफ सहरमा कामदार बस्ने भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घटनामा परी दर्जनौं घाइते भएका छन् ।
मृत्यु हुनेमा आप्रवासी कामदार भएको बताइए पनि उनीहरु कुन देशमा हुन् भन्ने खुलेको छैन । कुवेतको आन्तरिक मन्त्रालयले एनबीटीसी कम्पनीमा कार्यरत कामदार बस्ने क्याम्पमा आगलागी भएको जनाएको छ ।
क्याम्पको तल्लो तलको एउटा कोठामा राखिएको सिलिण्डर बिष्फोट भएर आगो सल्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कुवेतमा नेपालीहरु पनि कार्यरत छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट