गाजामा इजरायलको यसद्धविरामले सहायता आपूर्तिमा कुनै असर नपारेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ


इजरायली सेनाले गाजामा सहायता प्रवाहलाई सहज बनाउन घोषणा गरेको इजरायली ‘युद्धविराम’ ले सहायताको वितरणमा कुनै असर नपारेको संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार जनाएको छ ।
‘प्राविधिक विरामको एकपक्षीय घोषणा’ ले मानवीय सहयोगको आपूर्तिमा कुनै असर नदेखेको प्यालेस्टिनी क्षेत्रहरूमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि रिचर्ड पिपरकर्नले बताउनुभयो ।
इजरायली सेनाले सप्ताहन्तमा पूर्वी रफाहको मुख्य सडकमा लडाइँमा दैनिक मानवीय ‘विराम’ घोषणा गरेको थियो । तर संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले केही दिनपछि यो अझै खाँचोमा परेका मानिसहरूमा पुग्ने थप सहायतामा परिणत हुन नसकेको बताउनुभएको छ ।
हमासले गत अक्टोबर ७ मा इजरायलमा गरेको अकल्पनीय आक्रमणबाट सुरु भएको आठ महिनाभन्दा बढीको युद्धले प्यालेस्टिनी क्षेत्रमा गम्भीर मानवीय अवस्था निम्त्याएको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले बारम्बार अनिकालको चेतावनी दिएको छ ।
इजरायली तथ्याङ्कको आधारमा इजरायलमा अक्टोबरमा भएको हमासको सुरुवाती आक्रमणमा एक हजार १९४ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए ।
आतङ्वादीले ११६ जनालाई कब्जा गरी बन्धक बनाएका थिए । यसमध्ये सेनाले ४१ जनाको मृत्यु भएको बताएको छ ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको जवाफी आक्रमणमा कम्तिमा ३७ हजार ४३१ जनाको मृत्यु भएको थियो यसमा अधिकांश सर्वसाधारण रहेका छन् ।