`

स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु

Nepal One HD १५ असार २०८१ ८:५२
प्रमुख खबर

स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका–५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाका अनुसार पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो । पहिरोले गोठ पुरिँदा एउटा भैँसी पनि मरेको छ ।


प्रतिक्रिया