`

साल्ट ट्रेडिङले बढायो नुनको मूल्य

Nepal One HD १८ असार २०८१ २१:१८
अर्थ समाचार

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मूल्य बढाएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको हो । थोक बिक्री मूल्य अनुसार आयो नुन प्रतिकिलो २३ रुपैयाँ र न्यू शक्ति नुन प्रतिकिलो १७ रुपैयाँ कायम गरिएको छ ।

उपभोक्ताका लागि आयो नुन प्रति किलो २६ रुपैयाँ, न्यू शक्ति नुन प्रतिकिलो २० रुपैयाँ र भानु नुन ९ रुपैयाँ कायम गरिएको छ । यसअघि आयो नुनको थोक बिक्री मूल्य २० रुपैयाँ थियो ।

निर्धारण गरिएको मूल्य मंगलबार राति १२ बजेबाट लागू हुने छ। कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारी नुनको मूल्य समायोजन गरिएको बताए।


प्रतिक्रिया