`

मोबाइलको बढ्दो प्रयोगले आईटी दशकलाई सहयोग पुग्ने :सचिव सुवेदी

Nepal One HD २८ असार २०८१ ६:५९
विज्ञान-प्रविधि

काठमाडौँ-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मोबाइलको बढ्दो प्रयोगले सरकारले घोषणा गरेको आईटी दशकलाई सहयोग पुग्ने बताउनुभएको छ ।

  नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा मोबाइलको प्रयोगले आईटी दशकलाई सहयोग पुग्ने बताउनुभएको हो ।    “समाज डिजिटल युगमा प्रवेश गरेको छ, मोबाइल बिना मानिस एक्लो हुने अवस्था सृजना भैसकेको छ, यसलाई सही प्रयोग गरेर देशको विकासमा अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । प्रविधिको सही प्रयोग नगर्दा साइबर अपराधका घटनासमेत बढेकाले त्यसप्रति सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

  नेपाल मोबाइल व्यवसायी महासङ्घका अध्यक्ष भरत भट्टराईले ‘सेकेण्ड ह्याण्ड’ मोबाइल बिक्रीमा सरकारको नीति प्रष्ट नहुँदा मोबाइल व्यवसायी मारमा परेकोे बताउनुभयो । 

प्रतिक्रिया